१० पुस २०८२, बिहिबार

उमेश श्रेष्ठ स्वत: विजयी घोषणाको माग गर्दै निर्वाचन आयोग जाने

प्रकाशित मिति :  5 February, 2023 8:51 am


काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणाको माग गर्दै निर्वाचन आयोग जाने भएका छन् । चितवन २ बाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि उनी स्वतः विजयी हुने माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने लागेका हुन ।

नागरिता दुरुपयोग गरेको उजुरीमा दोषी ठहर भएका लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजय हुने भन्दै आयोगमा निवेदन दिन लागेका बताएका छन् ।

श्रेष्ठले आज बिहान साढे ११ बजे आयोगमा निवेदन दिएर दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । गत मंसिर ४ मा भएको निर्वाचनमा लामिछानेले श्रेष्ठभन्दा ३४ हजार ३१२ बढी मत ल्याएर विजयी भएका थिए । श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।

श्रेष्ठले आइतबार विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !