सुनचाँदीको मूल्यमा भारी गिरावट
प्रकाशित मिति : 5 February, 2023 11:57 am
काठमाडौं। नेपाली बजारमा आज साताको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले घटेर तोलाको एक लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३ हजार ६०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । महासंघको जानकारी अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर तोलाको १३२० रुपैयाँ कारोबार मूल्य तोकिएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलाको एक लाख ६ हजार १०० र चाँदी १३६५ रुपैयाँ रहेको थियो ।








