राष्ट्रियसभाको उपाध्यक्ष उर्मिला अर्यालले गरिन् मनोनयन दर्ता
प्रकाशित मिति : 5 February, 2023 2:55 pm
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् ।
संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । मनोनयनका लागि साँझसम्मको समय छ ।
विपक्षी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेर गरेपनि अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।
रिक्त पदको यही माघ २५ गते उपनिर्वाचन हुँदैछ ।








