२० बैशाख २०८१, बिहिबार

काेराेना विरूद्धकाे लडाइमा सेलिब्रटीः मिस इंल्यान्डकाे ताज उतारेर डाक्टरी सेवामा

प्रकाशित मिति :  9 April, 2020 12:18 pm


काठमाडाैं, २७ चैत । 

काेराेना विरूद्ध लड्न भारतीय मुलकी बेलायती सेलिब्रेटी भाषा मुखर्जीले पुरानै पेशामा फिर्ता हुने निर्य लिएकी छिन् । गत वर्षकी मिस इंल्याड विजेता उनी सुन्दरी प्रतियाेगितमा जितेकाे ताज उतारेर काेराेना विरूद्धकाे लडाइमा साथ दिने घाेषणा गरेकि हुन् ।

मुखर्जीले सीएसएनलाइ दिएकाे एक अन्तर्वार्तामा सुन्दरी प्रतियाेगिता जित्नु अघि कार्यरत बाेस्टनकाे पिलग्राम हस्पिटलमा रहेकाे जुनियर डाक्टरकाे पाेस्टमा पुनः सेवा सुरू गरेर काेराेना विरूद्धकाे लडाइमा साथ दिने बताएकी हुन् । भारतकाे कलकत्तामा वाल्यकाल विताएकी उनी ९ वर्षकाे हुँदा परिवारसँगै बेलायतमा बस्दै आएकी छिन् ।

विभिन्न क्षेत्रमा सामाजिक कार्यमा संलग्न मुखर्जी काेराेनाकाे बढ्दाे जाेखिम देखेर डाक्टरी पेशामा फर्केकी बताएकी छिन् । बेलायतमा पछिल्लाे समयमा काेराेना संक्रमितकाे संख्या ह्वात्तै बढेकाे छ । बुधबारसम्म ६१ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने ७ हजार भन्दा बढीकाे मृत्यु भइसकेकाे छ ।



प्रतिक्रिया दिनुहोस !