रवि लामिछानेको मिडियाप्रति आक्रोश : देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !
प्रकाशित मिति : 5 February, 2023 5:47 pm
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताएका छन् । सरकार छाड्न पार्टीको निर्णयपछि रास्वपाका सभापति रवि लामिछानेले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।
रास्वपाको विषेश बैठकपछि पत्रकारमाझ कुरा गर्दै लामिछानेले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए । उनले भने मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’
रविले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौतीसमेत दिएका छन् । “अनलाइन, कान्तिपुरमा सही आएको छ रु,” उनको आक्रोश थियो, “कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो रु देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् १”








