२० बैशाख २०८१, बिहिबार

कोरोनाले बेलायतमा थप ३ नेपालीको मृत्यु

प्रकाशित मिति :  9 April, 2020 12:19 pm


काठमाडौं २७ चैत ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा तीन  नेपालीको मृत्यु भएको छ ।

एक साता अघि बेलायतको नर्थविकपार्क अस्पतालमा भर्ना भएका ५९ वषीय पुर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको मंगलबार निधन भएको हो । मधुमेहका रोगी गुरुङलाई सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

त्यस्तै अर्का ५८ वर्षीय पुर्व गोर्खा सैनिक शिव श्रेष्ठको पनि बुधबार निधन भएको छ । बेलायतकै नटिङहम घरमै आइसोलेसनमा बस्दै आएका श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी बुधबार नै नर्थविक अस्पतालमा अर्का नेपालीको ७६ वर्षीय वृद्धाको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको हो । विगत ४ दिनदेखि  उपचाररतः उनको बुधबार मृत्यु भएको उनी निकट पारिवारिक श्रोतले बताएको छ ।

यसअघि बेलायतमा कोरोना भाइरसका कारण दुई नेपालीको मृत्यु भइसकेको छ।



प्रतिक्रिया दिनुहोस !