१० पुस २०८२, बिहिबार

रास्वपाका ३ जना मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति :  5 February, 2023 8:15 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

आईतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले राजीनामा बुझाएका हुन ।

आज बसेको रास्वपाको बैठकले सरकारको समर्थन कायम राख्ने तर सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !