दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै प्रधानमन्त्री
प्रकाशित मिति : 6 February, 2023 7:54 am
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरुलाई सामूहिक छलफलमा बोलाएका छन् ।
आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको बैठकमा प्रतिनिधिसभाको बैठकलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल गर्न सचेतकहरूलाई छलफलमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संसदको आगामी बैठकलाई कसरी प्रभावकारी रुपमा लैजाने भन्ने राय माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो।








