बालुवाटारमा प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल जारी
प्रकाशित मिति : 6 February, 2023 10:10 am
काठमाडौं । बालुवाटारमा पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र दलका प्रमुख सचेतकहरूबीच छलफलमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको छ ।








