रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई
प्रकाशित मिति : 6 February, 2023 3:47 pm
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राजीनामापछि रिक्त भएको शिक्षा र श्रम मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तोकिएको छ।









