११ पुस २०८२, शुक्रबार

जुम्लाको एक घरमा आगलागीमा परेर १५ बर्षीय बालिकाको मृत्यु

प्रकाशित मिति :  7 February, 2023 10:10 am


काठमाडौं । जुम्लाको एक घरमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ। जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर १ को एक घरमा आगलागी हुँदा १५ वर्षीया एक बालिकाको जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोमबार राति १२ बजेतिर लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घरमा भण्डारीकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए। आगलागी भएपछि घर भएका अरू बाहिर निस्के पनि ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नसकेर जलेको प्रहरीले जनाएको छ।

आगलागीमा लोकबहादुर भण्डारी पनि सामान्य घाइते भएका छन् । उनको तीन तले कच्ची घर पूर्णरूपमा जलेर क्षति भएको छ ।

मृतक बालिकाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पुर्‍याइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !