२० मंसिर २०८२, शनिबार

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सपथ लिइन्

प्रकाशित मिति :  7 February, 2023 12:09 pm


काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् ।

उनी सोमबार निर्विरोध निर्वाचित भएकी थिइन्। शपथ कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरे सहभागी थिए।



प्रतिक्रिया दिनुहोस !