विप्लवले आज विशेष पत्रकार सम्मेलन गर्दै
प्रकाशित मिति : 8 February, 2023 8:43 am
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो १ बजे काठमाडौंको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको छ ।
हालै सम्पन्न भएको पार्टीको केन्द्रिय समिति बैठकका निर्णयहरुको सार्वजनिकिकरण र देशको स्थितिबार धारणा सम्प्रेषण गर्नका लागि पत्रकार सम्मेलन गर्न लागेको जनाएको छ ।
पत्रकार सम्मेलनमा विप्लवसहित प्रकाण्डलगायत शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








