प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, भोली उच्चस्तरीय संयन्त्रको बैठक बस्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बुधबार एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको प्रधानमन्त्री र ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको स्रोतले जनाएको छ ।
ओलीसँगको भेटवार्तापछि कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बस्छौ। सहज रूपमा कसरी अगाडि बढ्ने छलफल गर्छौँ। राष्ट्रपतिको उम्मेदवारको विषयमा पनि भोलि छलफल हुन्छ।’
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । राष्टपति निर्वाचनको समय नजिकिएपनि अझै सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवारको विषयमा सहमति हुन सकेको छैन ।
सरकार निर्माणको बेला राष्टपति एमाललेलाई दिने सहमति भएपनि नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रधानमन्त्रीले बोली फेरेका छन् ।
गठबन्धनमा अविश्वासको वातावरण बढ्दै गएपछि आजकल ओली र प्रधानमन्त्रीको भेटघाट बाक्लिन थालेको छ ।








