आत्मदह गरेका प्रेम आचार्यको परिवारलाई बिमा बापतकाे ५० लाख रुपैयाँ भूक्तानी
काठमाडौं । नयाँ बानेश्वरमा आत्मदह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको जानकारी दिएको छ ।
कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा दावी रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ५० लाख बीमा बापतको रकम र १२ हजार १९४ रुपैयाँ बोनस समेत थप गरी मृतककी श्रीमती नानुका अधिकारीको नाममा चेकमार्फत दाबी भुक्तानी गरेको सन लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले बताए ।
आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए । संघिय संसदभवन अगाडी आत्मदाह गर्नु अगाडि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मदाह गर्नु अगाडी सार्वजनिक गरेको नोटमा कम्पनीले जवरजस्ती गरेर बिमा पोलिसी खरिद गर्न लगाएको र त्यस वापदि ४ ५ लाख रुपैयाँ खाइदिएको भनेर आरोप लगाएका थिए ।








