१० पुस २०८२, बिहिबार

नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने

प्रकाशित मिति :  8 February, 2023 3:29 pm


काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीले विरोध प्रर्दशन सम्बन्धि कार्यक्रमको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीका बिरुद्धमा देशव्यापी बिरोध गर्ने बताए ।

उनले पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको पनि बताए ।

उनले पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टी साथै राजनीतिक दलहरुबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको जानकारी गराए ।

प्रवक्ता विश्वकर्माले आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए ।

पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणका बिरुद्ध संघर्ष गर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !