२० मंसिर २०८२, शनिबार

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित

प्रकाशित मिति :  8 February, 2023 5:19 pm


काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा कुमार दसौंदी निर्वाचित भएका छन् ।

सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् ।

दसौंतीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७२० मत पाए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको थियो ।

राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !