११ पुस २०८२, शुक्रबार

२०७० देखि नवीकरण नभएका मोटरसाइकलको फागुन मसान्तभित्र कर तथा नवीकरण भुक्तानी गरे जरिवाना छुट

प्रकाशित मिति :  9 February, 2023 8:12 am


काठमाडौं । यातायात व्यवस्था कार्यालय काठमाडौंले मोटरसाइकलको कर नबुझाएकाहरूलाई जरिवाना छुट गरी यही फागुन मसान्तसम्म कर बुझाउन अनुरोध गरेको छ ।

यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले बिहिबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । आर्थिक वर्ष २०७०\७१ देखि आर्थिक वर्ष २०७५\७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा सो अवधिको जरिवाना छुट हुने जनाएको छ ।

कार्यालयले तोकिएबमोजिम कर तथा नवीकरणसमेत भुक्तानी नगरेका सवारी धनीले कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ ।

फागुन मसान्तभित्र कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ अनुसार लाग्ने सो अवधिको जरिवाना छुटको व्यवस्था गरेको सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !