नाडाद्धारा प्रहरीलाई ट्राफिक व्यवस्थापन सामाग्री हस्तान्तरण
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित एक कार्यक्रमकाबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामाग्री हस्तान्तरण गरेका हुन् ।
ट्राफिक व्यवस्थापनको लागि आवश्यक पर्ने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सिसी टिभी मोनिटरिङलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्युटरको सिपियू, ५ थान किबोर्ड र ५ थान माउस हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरणका क्रमममा अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै, बढ्दो ट्राफिक समस्या समाधान तथा न्युनिकरणको लागि नाडा तथा काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच भविष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडी बढ्ने सहमति भएको काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।








