उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज ३ बजे बस्ने
प्रकाशित मिति : 9 February, 2023 12:48 pm
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ । संयन्त्रको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भएको स्रोतले जनाएको छ ।
हिजो बालकोटमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल र ओलीबीचको भेटवार्तामा संयन्त्रको बैठक बस्ने सहमति भएको थियो । ओलीसँगको भेटवार्तापछि प्रधानमन्त्रीले आजको बैठकमा राष्टपतिको उम्मेदवारको विषयमा पनि छलफल हुने बताएका थिए ।
बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिहरूको उपस्थिति हुनेछ।
संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछिको अवस्था, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बुझिएको छ।








