१० पुस २०८२, बिहिबार

पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई दिने प्रतिनिधि सभा सदस्य सूर्य थापाको घोषणा

प्रकाशित मिति :  9 February, 2023 1:35 pm


प्युठान। नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले आफ्नो पहिलो महिनाको पारिश्रमिक विद्यालयलाई दिने घोषणा गरेका छन् ।

थापाले प्युठानको मल्लारानी गाउँपालिका -२ चुँजामा रहेको अमर माविलाई आफ्नो पहिलो महिनाको पारिश्रमिक उपलब्ध गराउने घोषणा गरेका हुन् ।

विद्यालयका बुधबार स्वर्ण महोत्सवको विशेष समारोह उद्घाटन गर्दै सांसद थापाले पार्टीलाई बुझाउने लेबी र कर कट्टीपछि बचेको पारिश्रमिक उपलब्ध गराउने बताए ।

उनले भने,“ मै सांसद भए वापत आउने पहिलो महिनाको तलब यस विद्यालयलाई उपलब्ध गराउन चाहुन्छ । आशा छ विद्यालयले उक्त रकमलाई सही सदुपयोग गर्ने छ ।”

थापा गत मंङ्सिर ४ मा भएको चुनावमा प्युठानबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक तथा जिविस प्युठानका पूर्व सभापति र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेता बोमबहादुर खत्री, पहिलो ब्याचका विद्यार्थी एवं गहुँ बाली विशेषज्ञ घनश्याम गिरी लगायतलाई थापाले सम्मान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !