सुदूरपश्चिमा एमाले नेतृत्वको सरकार ढल्यो,मुख्यमन्त्री रावल पद मुक्त
प्रकाशित मिति : 9 February, 2023 5:36 pm
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ ।
रावलले विश्वासको मतका लागि राखेको प्रस्ताव नै अस्वीकृत भएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि एमाले नेतृत्वमा रहेको गठबन्धन सरकार ढलेको हो ।
सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेपछि मुख्यमन्त्री रावल स्वत पदमुक्त भएका हुन् ।
गत पुस २७ गते संसदीय दलका नेता रावल माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सहित २९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सरकार ढलेको छ ।








