१५ चैत्र २०८०, बिहिबार

प्रदेश-५ भित्र आउजाउ नखुल्ने, मुख्यमन्त्रीले भने,‘बैशाख ३ पछि सिमित मात्रामा ठाँउहेरी खोल्न सकिन्छ’

प्रकाशित मिति :  9 April, 2020 5:53 pm


रुपन्देही, २७ चैत ।

प्रदेश ५ सरकारले प्रदेशभित्र यातायात नखोल्ने स्पष्ट पारेको छ ।

संघीय सरकारले उपत्यकाभित्रका मान्छेलाई दुईदिन बाहिर जान दिने निर्णय गरेलगत्तै प्रदेशभित्रकाले पनि एक ठाँउबाट अर्को ठाँउमा जान के हुन्छ भनेर प्रश्न सुरु गरेका थिए ।

तर, प्रदेश सरकारले अहिले बसेको ठाँउमै रहन आग्रह गरेको छ ।

मुख्यमन्त्री पोख्रेलले बैशाख ३ गतेपछि सिमित मात्रामा ठाँउ हेरि आवतजावत खोल्न सकिने स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘प्रदेश-५मा जो जहाँ छौ त्यही बसौं, समस्या भए वडा कार्यालयमा सम्पर्क गरौं । ३ गतेपछि सिमित मात्रामा ठाउहेरी आउजाउ खोल्न सकिन्छ।धैर्य गरौँ।’

बैशाख ३ गते सरकारले तेस्रो पटक लागु गरेको लकडाउनको अन्तिम दिन हो । मन्त्री पोख्रेलले संघीय सरकारले काठमाण्डौंबाट बाहिर मानिस पठाउने निर्णयप्रति समेत असन्तुष्टि जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !