४ पुस २०८२, शुक्रबार

तराईमा हावाहुरी लाग्ने सम्भावना, हिमाली भू-भागमा हिमपात

प्रकाशित मिति :  12 February, 2023 7:46 am


काठमाडौं । हाल प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।

त्यस्तै राती प्रदेश नं. १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !