तोलामा ४०० रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 12 February, 2023 11:05 am
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार शुक्रबार एक हजार ३०० रुपैयाँले घटेको छापावाला सुनको मूल्य आज तोलाको ४०० रुपैयाँ बढेर तोलाको एक लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३ हजार ५०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्यमा पनि सामान्य वुद्धि भएको छ । महासंघको विवरण अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेर १२९५ रुपैयाँमा कारोबार भइरहेको छ ।








