१० पुस २०८२, बिहिबार

चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उपनिर्वाचन हुने

प्रकाशित मिति :  12 February, 2023 5:17 pm


काठमाडौँ । निर्वाचन आयोगको आज बसेको बैठकले २०८० साल बैशाख १० गते आइतबार चितवन निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

रवि लामिछाने नागरिकताको मुद्दामा दोषी देखिएपछि उक्त निर्वाचन क्षेत्र क्षेत्र खाली भएको थियो ।

आयोगले आज स्वीकृत गरेको उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अनुसार भोलि २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गतेका लागि तोकिएको छ ।

मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य चैत २३ गते हुने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !