११ पुस २०८२, शुक्रबार

नक्कली सवारी चालक अनुमति पत्रसहित एक महिला पक्राउ

प्रकाशित मिति :  13 February, 2023 11:05 am


काठमाडौँ । नक्कली सवारी चालक अनुमति पत्रसहित एक महिला पक्राउ परेकी छन्। नक्कली सवारी चालक अनुमतिपत्र सहित ललितपुरको पुल्चोकबाट महिलालाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ।

कास्कीको पोखरा जैमरी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई नक्कली लाइसेन्ससहित ट्राफिकले नियन्त्रणमा लिएको हो।

गुरुङले चलाएको बा ७८ प ५५ १० नम्बरको स्कुटर जाँचका क्रममा उनले बोकेको गंगा तामाङको नाममा रहेको (०१०६(००२४७९७० वर्ग के) र सोही नम्बरको वर्ग ए, बी फोटो फरक(फरक भएको दुईओटा सवारी चालक अनुमति पत्र फेला पारेको हो।

नियन्त्रणमा आएकी गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !