१० पुस २०८२, बिहिबार

गणतन्त्रवादीहरु एकजुट हुनुपर्नेमा पूर्वमन्त्री गहतराजको जोड

प्रकाशित मिति :  13 February, 2023 11:53 am


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) ले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन ।

प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उनले गणतन्त्र र संविधानमाथि फेरि पनि प्रहार हुन थालेकाले परिवर्तनका पक्षधरहरु एक हुनुपर्ने धारणा राखेका हुन ।

न्याय र समानताको पक्षमा पत्रकार जगत क्रियाशील हुनुपर्नेमा जोड दिदैं पूर्व मन्त्री अथकले देश र जनताको पक्षमा सधैँ उभिरहने प्रतिबद्धता समेत जनाएका थिए ।

यस्तै, प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले जनताको ठूलो वलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको प्रमुख दायित्व रहेको बताए ।

गाउँ गाउँमा पत्रकार उत्पादन गरेर ग्रामीण क्षेत्रका जनताको आवाजलाई सरकारसम्म पुर्‍याउने अभिभारा पूरा गर्नेतर्फ प्रेस सेन्टर नेपाल अग्रसर रहेको अध्यक्ष सापकोटाले बताए ।

आइतबार सम्पन्न साधारणसभा तथा विशेष अधिवेशनबाट राजेश आचार्यको नेतृत्वमा जिल्ला समितिको नयाँ कार्यसमिति समेत चयन गरिएको थियो । सो अवसरमा प्रेस सेन्टर, बाँकेले स्थापना गरेको क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट डक्टार धिताल र बिरमि चन्द्र ग्रामीण पत्रकारिता पुरस्कारबाट आलम खान र कल्पना शाही सम्मानित भएका थिए ।

यस्तै, पत्रकारहरू सिराज खान, सुशील लामिछाने, शिव सुनार, प्रदीप वाग्ले, गजेन्द्र गुरुङ र हेमन्त चौधरीलाई पत्रकारिता क्षेत्रमा रहेर योगदान दिएकाले सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !