११ पुस २०८२, शुक्रबार

उपत्यकाभर बिहानैदेखि सार्वजनिक सवारी ठप्प

प्रकाशित मिति :  14 February, 2023 8:27 am


काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र आज बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन्।

ट्राफिक जरिवानाको विषयलाई लिएर सोमबार नेपाल यातायात मजदुर संघले एक विज्ञप्ति जारी गर्दै मंगलबारदेखि उपत्यकाभर सवारीसाधन ठप्प पार्ने निर्णय गरेको थियो ।

ट्राफिकले वृद्धि गरेको जरिवानाको विषयलाई लिएर नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घले मंगलबार उपत्यकाभर सार्वजनिक यातायात ठप्प पार्न्र निर्णय गरेको हो ।

सो निर्णयसँगै काठमाडौँ उपत्यका भित्र कुनै पनि सार्वजनिक सवारी चलेका छैनन् । सोमबार पनि बालाजु, माछापोखरी, गोँगबु चोकमा मजदुरहरूले सडक अवरुद्ध गरेका थिए।

आन्दोलनकारीले प्रहरीका २ वटा भ्यानमा समेत आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका थिए।



प्रतिक्रिया दिनुहोस !