१३ बैशाख २०८१, बिहिबार

आज विश्वभर प्रणय दिवस मनाइदैँ

प्रकाशित मिति :  14 February, 2023 9:05 am


काठमाडौँ । आज फेब्रुअरी १४ भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । आजको दिनलाई विश्वभर प्रेमिल जोडीले प्रेम साटासाट गरी यो दिवस मनाउँदैछन् ।

नेपालमा भ्यालेन्टाइनस डे मनाउने प्रचलन खासै नभए पनि केहि समययता प्रेमिलजोडीहरु उत्साहकासाथ यो दिवस मनाउने गरेका छन् ।

प्रणय दिवस सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा मनाउन थालिएको विश्वास गरिन्छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने थालिएको हो ।

आजको दिन प्रेमिप्रेमिकाले प्रेमको प्रतीक गुलबको फूल उपहार दिइ, एक आपसमा उपहार साटासाट गरी मनाउने गर्दछन् । आज काडमाडौं लगायत देशका प्रमुख शहरहरुका रमणिय ठाँउ प्रेमिलजोडीहरुको भीड हुने गर्दछ ।



प्रतिक्रिया दिनुहोस !