२० जेष्ठ २०८१, आइतबार

अभियान लघुवित्तद्धारा दाङमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  14 February, 2023 12:57 pm


काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्रामीण भेगका महिलालाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । लघुवित्तले दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ६ देउपुरका संस्थामा आवद्ध महिला सदस्यहरुलाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरेको हो ।

लमही शाखाको आयोजनामा ‘पेवा बचत हाम्रो बचत’ भन्ने भन्ने नाराका साथ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको थियो । तालिममा शाखा प्रमुख मनोज आचार्यले वित्तीय संस्थाको कार्य, महत्व, लघुवित्तको इतिहास, कार्यहरु, सेवाहरु, बिमाको महत्व, रेमिटान्स सेवाको परिचय, बचतको महत्व, किन बचत गर्नुपर्छ?, कर्जा भुत्तानीको तरिका, कर्जा सदुपयोगिताको महत्व, कर्जा सुचना केन्द्रको कार्य, ऋणी कालो सुचिमा पर्दा हुन सक्ने समस्या र लघु बिमाको महत्व बारे प्रशिक्षण दिएका थिए ।

करिब २५ जना महिलाहरुको सहभागिता रहेको तालिममा शाखाका कर्मचारी मिना कुमारी कंडेलले संस्थाको परिचय, शाखाको गतिविधि तथा सेवा प्रवाह बारे जानकारी दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !