२० मंसिर २०८२, शनिबार

आईसीसी क्रिकेट विश्वकप लिग टु मा कुशल भूर्तेलको शतक प्रहार

प्रकाशित मिति :  14 February, 2023 4:35 pm


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा कुशल भुर्तेलले शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबिया विरुद्धको खेलमा ९९ बलमा ४ छक्का र ९ चौका प्रहार गर्दै उनले सतक पुरा गरे ।

कुशल नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सतक प्रहार गर्ने चौथो क्रिकेटर बनेका छन्। यसअघि, पारस खड्का, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले सतक बनाएका छन् ।

यसअघि भुर्तेलको ओडिआईमा उच्च स्कोर ८४ थियो ।



प्रतिक्रिया दिनुहोस !