एमाले देश बचाउनको लागि गेटपाले हो : ओली
प्रकाशित मिति : 14 February, 2023 4:54 pm
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देश बचाउने गेटपाले रहेको बताएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश जोगाउनको लागी पालेको रुपमा नेकपा एमाललेले काम गरिरहेको बताए ।
उनले भने ‘नेकपा एमाले यो देशमा डकैती गर्न नदिने, गेटपाले भएकाले यसमाथि नहानी भित्रै पस्न पाउँदैनन् । त्यसकारण पहिला यसमाथि प्रहार हुनसक्छ । भइआएको छ । फेरि पनि हुनसक्छ।’
उनले अझै अनेक प्रकारका षड्यन्त्र र प्रयास भइरहेको भन्दै सुखी नेपाली र समृद्धि नेपालको आकांक्षा गलत नभएको र त्यसबाट पछि नहट्ने बताए ।
एमाले सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर जाँदैन, यो राष्ट्रियताको साचो रक्षक हो ओलीले भने ।








