४ बैशाख २०८१, मंगलबार

आज लुम्बिनी प्रदेशले स्थापना दिवस मनाउँदै, लुम्बिनीमा सार्वजनिक विदा

प्रकाशित मिति :  15 February, 2023 8:38 am


दाङ । आज लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

लुम्बिनी प्रदेश सरकार गठन भएको पाँच वर्ष पूरा भएको सम्झनामा राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो । स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम छ।

२०७४ फागुन ३ गते शंकर पोखरेलले मुख्यमन्त्रीको पदभार गरी लुम्बिनी प्रदेश सरकार गठन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !