२० मंसिर २०८२, शनिबार

मुस्ताङको थासाङमा बस दुर्घटना हुँदा १७ जना घाइते

प्रकाशित मिति :  15 February, 2023 12:36 pm


काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जोमसोमदेखि पोखराका लागि विहान ७ बजे छुटेको बस थासाङ गाउँपालिका–३ धम्पु स्थित कालीगण्डकी नदिमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका बरिष्ठ हल्दार सन्तराम श्रेष्ठले बताए ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !