२० मंसिर २०८२, शनिबार

सवारी लाइसेन्समा ‘ग्रेडिङ सिस्टम’ आजदेखि लागू, ७० अंक ल्याए पास

प्रकाशित मिति :  15 February, 2023 2:04 pm


काठमाडौं । बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ।

आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो दिन बिदा परेकाले आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएकोे हो।

मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकेको छ। यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ।



प्रतिक्रिया दिनुहोस !