लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन र सडक ठप्प पार्ने चेतावनी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सदनदेखि सडकसम्म ठप्प पार्ने चेतावनी दिएका छन्।
पार्टीका तर्फबाट प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गरे । अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीको चेतावनी छ ।
उनले भने, ‘हामीले पटक पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि प्रधानमन्त्रीसँग रुलिङ गर्यौं। तर, प्रधानमन्त्रीको कुनै धारणा आएन। हाम्रो माग सनुवाइ नभएमा हामी संसद अबरुद्ध गर्न बाध्य हुन्छौं। हामी चुप लागेर बस्दैनौं।’
उनले टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई कानुन संशोधन गरेर भएपनि छाड्न माग गरे।
टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।








