१० पुस २०८२, बिहिबार

संसदमा पहिलोपटक बोल्दै सूर्य थापाले सम्झिए मित्रमणि आचार्यदेखि कृष्णसेन ‘इच्छुक’सम्म

प्रकाशित मिति :  15 February, 2023 5:18 pm


काठमाडौँ । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य थापाले विभिन्न आन्दोलनमा साहदत प्राप्त गर्ने मित्रमणि आचार्यदेखि कृष्ण सेन‘इच्छुक’सम्मको सम्झना गरेका छन् ।

प्रतिनिधि सभामा पहिलो पटक बोल्ने क्रममा सांसद थापाले प्युठानबाट विभिन्न आन्दोलनमा साहदत प्राप्त गर्ने मित्रमणि आचार्य,टंकप्रसाद आचार्य, उमेशचन्द्र थापा र कृष्णसेन ‘इच्छुक’लाई स्मरण गरेका हुन् ।

उनले भने,“प्रतिनिधि सभामा पहिलो पटकमा बोल्दै गर्दा पञ्चायती तानशाहीको अन्त्यदेखि गणतन्त्र स्थापना गरुन्जेलसम्मका संघर्षमा एउटा जागृत भूमि प्यूठानबाट बलिदान दिने मित्रमणि आचार्य, टंकप्रसाद आचार्य,उमेशचन्द्र थापा र कृष्णसेन इच्छुकलाई ह्रदयदेखि सम्मान गर्छु श्रद्धासुमन अर्पण गर्न चाहन्छु ।”

प्युठानी जनताले यो परिवर्तनको प्रकृयामा सहीदहरूको बलिदानबाट जुन प्रकारको प्रेरणा लिएका छन्, त्यो प्रेरणानलाई अझै सम्मानित गर्ने योजनाहरूमा सरकारले ध्यान दियोस भन्ने सांसद थापाको माग थियो ।

उनले काठमाडौको गोंगबु क्षेत्रमा भएको आगजनी र लु्टपाटबारे के भएको हो गृहमन्त्रीलाई सदनमा घटनाको विवरण जानकारी गराउन समेत माग गरे । उनले भने,“सदन वेखबर बस्न मिल्दैन । सभामुखमार्फत यो ध्यानकर्षण गराउन चाहन्छु ।”



प्रतिक्रिया दिनुहोस !