२ माघ २०८२, शुक्रबार

सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्स मार्फत मुम्बई लगिँदै

प्रकाशित मिति :  16 February, 2023 1:42 pm


काठमाडौ । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारकाे लागी एयर एम्बुलेन्स मार्फत आजै मुम्बई लगिने भएको छ । सांसद भण्डारीलाई नेपालमा उपचार सम्भव नभएपछि आज दिउँसो २ बजेपछि श्री एयर लाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने भएको कृतिपुर वर्न अस्पतालले जनाएको छ ।

बुधबार ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए । आगलागीमा परि भण्डारीकी आमाको बिहीबार (आज) विहान १० बजे नै निधन भएको छ भने सांसद भण्डारीको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

भण्डारीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनको शरिर २५ प्रतिशत मात्र जलेपनि तातो हावा श्वासनलिमा छिरेको हुनाले स्थिति गम्भिर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !