१२ श्रावण २०८१, शनिबार

कोरोना अपडेट : विश्वभर मृत्यु हुनेको संख्या ९५ हजार भन्दा माथी,चीनमा थप नयाँ संक्रमित फेला

प्रकाशित मिति :  10 April, 2020 9:08 am


काठमाडौं,२८ चैत ।

कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ९५ हजार भन्दा बढी भएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९५ हजार ५ सय ६ पुगेको छ ।

संक्रमितको संख्या १५ लाख ९६ हजार ४ सय ९६ पुगेको छ ।  अमेरिकामा संक्रमणको बृद्धी रोकिएको छैन । अहिलेसम्म ४ लाख ६२ हजार १ सय ३५ जना संक्रमित बनेका छन् जुन विश्वको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

१६ हजार ५ सय १३ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेपनि भयावहको स्थिति छ । पछिल्ला दिनमा मृतकको संख्या केही घटेको भनिएपनि स्थिति उस्तै छ ।

इटलीमा अहिलेसम्म १ लाख ४३ हजार ६ सय २६ जना संक्रमित छन् । इटलीमा अहिलेसम्म १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।

सस्पेनमा १५ हजार ४ सय ४७ जनाको मृत्यु भएको छ र संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

कोरोना नियन्त्रण हुँदै गएको चीनमा ४२ नयाँ संक्रमित देखिएका छन् । जसमध्य ३८ जना विदेशबाट आएका त्यहाँका सञ्चारमाध्यामले जनाएको छ ।

चीनमा अहिलेसम्म ८८ हजार ८ सय ८३ जना संक्रमित भएका चन् र ३ हजार ३ सय ३६जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म संक्रमितको संख्या ५ हजार ८ सय ६५ पुगेको छ भने १ सय ६९ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !