राष्ट्रपतिमा कांग्रेसलाई सघाए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री : महत
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफ्नो उम्मेदवारलाई सघाउने र त्यसको बदलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचै वर्ष प्रधानमन्त्री हुने बताएका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने जिकिर गरे । संविधान रक्षाका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको उल्लेख गर्दै महतले राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनुपर्ने दोहो¥याए ।
‘अहिलेको परिवेशमा नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ । किनभने अहिले वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन’, महतले भने, ‘एमाले पार्टी र यसका नेता केपी शर्मा ओलीजीले जसरी संसदको पहलिो बैठकमा नै संसद विघटनको विषयलाई मूल विषय बनाउनु भयो, त्यस सन्दर्भमा पनि राष्ट्रपतिको पद महत्वपूर्ण भएको छ । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरु छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनुपर्छ ।’
राष्ट्रपति नेपाली कांग्रेसको हुने वा नहुने भन्ने गौण रहेको तर संविधानको विषयमा कुन पार्टी कहाँ उभिने भन्ने प्रमुख रहेको प्रवक्ता महतको भनाई छ ।








