२० मंसिर २०८२, शनिबार

जनयुद्ध दिवस र पृथ्वी जयन्तीलाई वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित मिति :  17 February, 2023 4:21 pm


काठमाडौं । सरकारले जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पृथ्विजयन्तीसँगै जनयुद्ध दिवसलाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने निर्णय गरेको सुचना तथा संचार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

शर्माले भनिन् विदाको सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्ती र जनयुद्ध दिवसलाई पनि सरकारको वार्षिक क्यालेन्डरमा समावेश गर्ने मन्त्रिपरिषदको निर्णय भएको छ ।

मन्त्रिपरिषद बैठकले गत फागुन १ गते दिएको जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !