१० पुस २०८२, बिहिबार

प्रजातन्त्र दिवसमा अरुण चौधरीले पाए माफी, आज रिहा हुदैँ

प्रकाशित मिति :  19 February, 2023 9:21 am


कैलाली । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। सोही सूचिमा कैलाली कारागारमा रहेका अरुण चौधरी पनि रहेको कारागार स्रोतले जानकारी दिएको छ।

आज बिहान १० बजे जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरी चौधरीलाई रिहा गर्ने तयारी रहेको कारागार प्रशासनले जानकारी दिएको छ । कैलालीबाट चौधरी लगायत ४ जनाले सजाय माफी पाएका छन् ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । कैद भुक्तानी नगरेको भन्दै माघ १९ गते प्रहरीले उनलाई प्रकाउ गरी जेल चलान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !