एमालेले राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्छ : ओली
प्रकाशित मिति : 19 February, 2023 1:47 pm
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् ।
सत्ता समीकरण जन्मिने बेलामा नै राष्टति को बन्ने भन्ने कुरा तय भइसकेको छ, त्यस्तैले एमालेले जसलाई उठायो उही राष्ट्रपति बन्छ ओलीले भने ।
ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताए । हामी उम्मेदवार उठाउँछौं त्यसमा सबैको सहमति हुनुपर्छ। माओवादी केन्द्रले साथ नदिने भन्ने कुरै छैन ओलीले भने








