७ बैशाख २०८१, शुक्रबार

सिरियामा मिसाइल आक्रमण हुँदा १५ जनाको मृत्यु

प्रकाशित मिति :  19 February, 2023 3:59 pm


काठमाडौं । सिरियाको राजधानी दमस्कसमा मिसाइल आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । आइतबार बिहान इजरायलले सिरियाको राजधानी दमस्कसमा मिसाइल प्रहार गरेको अन्तराष्टिय संचारमाध्यामहरुले जनाएका छन्।

दमस्कसको एक भवनमा मिसाइल प्रहार हुँदा कम्तीमा पनि १५ जनाको मृत्यु भएको बताइएको छ। काफर सोउसेको रिहायसी इलाकामा भएको घटनामा परी केही व्यक्तिहरु घाइतेसमेत भएका छन्।

सिरियाको रक्षा मन्त्रालयले गोलन हाइट्सको तर्फबाट अरु क्षेत्रमा पनि इजरायलले हवाई हमला गरेको थियो। इजरायलले कयौपटक यसअघि पनि दमस्कस आसपासलाई लक्षित गर्दै हमलाहरु गरेको थियो। तर रिहायसी इलाकामा भने पहिलो एअर स्ट्राइक भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यो क्षेत्रमा सिरियाका सुरक्षा एजेन्सी, इन्टेलिजेन्स हेडक्वार्टर तथा वरिष्ठ सैन्य अधिकारिहरुको घर रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस !