राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन : सन्धिखर्क नगरपालिका पहिलो
प्रकाशित मिति : 19 February, 2023 5:50 pm
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क नगरपालिका अर्घाखाँची जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्याङ्कन नतिजा सार्वजनिक गर्दा सन्धिखर्क नगरपालिका जिल्लाकै उत्कृष्ट बन्न सफल भएको हो।
आयोगले सार्वजनिक गरेको नतिजा अनुसार सन्धिखर्क नगरपालिकाले ७५।००७५अंक प्राप्त गरेको हो । त्यस्तै अर्घाखाँची जिल्लाका अन्य स्थानीय तहहरूमध्ये शितगङ्गा नगरपालिकाले ७१।१२ अंक प्राप्त गर्दै द्वितीय, पाणिनी गाउँपालिकाले ६६।१२ अंक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भएका छन् । मालारानी गाउँपालिकाले ६४।००८, भूमिकास्थान नगरपालिकाले ६१।०४४७ र छत्रदेव गाउँपालिकाले ५७।०२११ अंक प्राप्त गरेका छन् ।








