१० पुस २०८२, बिहिबार

माओवादी पदाधिकारी बैठक आज बस्दै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

प्रकाशित मिति :  20 February, 2023 8:38 am


काठमाडौँ । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । आज अपरान्ह ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्न भएकाे हाे ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति उम्मेदवारको विषयमा असमझदारी बढेपछि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल थालेका छन् ।

आइतबार बेलुका राष्ट्रपतिमा सहयोग गर्न प्रस्ताव लिएर पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला लगायतका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !