७ बैशाख २०८१, शुक्रबार

पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा कोइराला,यस्तो छ नयाँ कार्यसमिति

प्रकाशित मिति :  20 February, 2023 9:22 am


काठमाडौँ । पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा नरेन्द्रप्रसाद कोइराला निर्वाचित भएका छन् । संघको चौथो राष्ट्रिय महाधिवेशबाट जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैँका प्राध्यापक कोइराला अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

फागुन ६ र ७ गते काठमाडौँमा भएको महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा बालानाथ सिग्देल, महासचिवमा सन्तोष पण्डित, सचिवमा वसन्तराज लामिछाने,नानुबाबु घिमिरे, कोषाध्यक्षमा राधिका ओझा निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यमा तुलसी कार्की, चिरञ्जीवी तिमिल्सेना, शैलेसचन्द्र बराल, गोपाल चापागाँई, विमल गिरी, युवराज तिवारी, कुमार, भीष्म कुमारी रेग्मी, राजन श्रेष्ठ, शिवराज पराजुली, भेषराज उपाध्याय र माया घिमिरे लगायत चयन भएका छन् ।

५ सय ५२ वटा सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूको छाता संगठन रहेको यस संघको प्रभाव नेपाल प्राध्यापक संघमा समेत रहने गर्दछ ।

यस संघको महाधिवेशनका प्रतिनिधिहरू मध्येबाट ५ सदस्य बराबर १ प्रतिनिधि नेपाल प्राध्यापक संघको महाधिवेशनका लागि छनौट हुने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !