१० पुस २०८२, बिहिबार

पूर्व स्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठको निधन

प्रकाशित मिति :  20 February, 2023 9:35 am


काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्राध्यापक डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । दम रोगबाट पीडित श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा उपचारका क्रममा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।

मानव अधिकार आन्दोलनका अगुवा, बामपन्थी बुद्धिजीवि एवं पूर्वमन्त्री श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए ।

उनी २०४६ सालमा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री भएका थिए । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !