राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
प्रकाशित मिति : 20 February, 2023 6:00 pm
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छनिर्वाचन आयोगले जनाएको छ ।
कार्यालय उद्घाटन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गरेका थिए ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ ।








